Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किटनीमा पहिरो जाँदा मध्यपहाडी अवरुद्ध

शुक्रबार, असार १४, २०८१
tribeni2

रुकुम पश्चिम । मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ ।

बिहिवार बेलुका रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ किटनीमा पहिरो जाँदा बाटो अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुम पुर्व, पोखरा, काठमाडौँ जाने यातायातका साधनहरु रोकिएको काठमाडौ जाँदै गर्नुभएका त्रिभुवन जनता मावि मुसिकोटका शिक्षक डिल्ली डाङ्गीले जानकारी दिनुभयो ।

रुकुम पुर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरु रोकिएका छन् ।
उहाँका अनुसार किटनीको माथिल्लो भागबाट ठूलो पहिरो आएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बाटो खुलाउने कोसिस भईरहेको बताउनुभयो ।

बिहिवार राती भएकोले पहिरो पन्छाउन कठिनाई भएको र आज बिहानै पहिरो हटाउनको लागि स्काभेटर त्यसतर्फ गएको उहाँले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्