Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटबाट मेला हेर्न आएकी बालिका रुकुममा बलात्कृत, अवस्था गम्भिर

बालिकाको स्वास्थ्य अवस्था गम्भिर, अत्याधित रक्तश्राव
२०७८ कार्तिक ११
tribeni2

रुकुम पश्चिम / रुकुमको आठबिसकोटमा एक बालिका बलात्कृत भएकी छिन् ।

जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ की अन्दाजि १४ बर्षकी बालिका बुधबार बेलुका आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जाजरकोटबाट उक्त स्थानमा लागेको स्थानीय मेलाको अवसरमा आयोजित भलिबल खेल हेर्न आएकी उनलाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १४ पीपलचौरका अन्दाजि २६ बर्षका झलक जैसीले बलात्कार गरेको भन्दै बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई राती आठबिसकोट स्थित नगर अस्पताल पुर्याईएको थियो । प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्याधित रक्तश्राव भैरहेको जनाईएको छ ।

नगर अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि आज दिउँसो नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर रहेको बताईएको छ । घटनाको अनुसन्धान भैरहेको र अभियुक्तको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:१०
प्रतिक्रिया दिनुहोस्