Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मूलखोला र टटेलामा रहेका पानीका मुहान संरक्षण

शुक्रबार, असार १४, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेका दुई वटा पानीका मुहानहरुको संरक्षण गरिएको छ । जिल्ला सदरमुकाम क्षेत्रको मूलखोला र टटेलामा रहेका दुई मुख्य पानीका मुहानको संरक्षण गरिएको हो । 

मूलखोला टटेला मुहान संरक्षण कार्यक्रम अन्तर्गत मुहानको संरक्षण र धारा निर्माण गरिएको हो । दुबै स्थानमा मूल संरक्षणपश्चात बनिर्मित धाराको शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको छ । 

यस अवसरमा नगर प्रमुख केसीले जलवायु परिवर्तनको कारण पानीका मुहानहरु सुक्दै गएकोले पानीका मुहानहरु संरक्षण गर्न अत्यावश्यक रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असरहरुलाई कम गर्न पानीका मुहानहरुको संरक्षण, वृक्षारोपन लगायतका कार्यहरु सञ्चालन गरिनपुर्नेमा जोड दिनुभयो । 

बेलायत सरकारको सहयोगमा सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोश्रो चरण र मुसिकोट नगरपालिकाको संयुक्त लगानीमा मुहान संरक्षण तथा धारा निर्माण गरिएको हो । यसका लागि जलवायु परिवर्तन सहयोग कार्यक्रम र मुसिकोट नगरपालिकाको २६ लाख लागत रहेको छ भने तीन लाख ६ हजार बराबरको जनश्रमदान गरिएको छ ।  

कार्यक्रमका सव ईन्जिनियर नरेन्द्र बिष्टका अनुसार पानीका मूल रहेका दुबै स्थानमा घेराबार गर्नुका साथै धारा र फिल्ड निर्माण गरिएको छ । मुहानमा बाहिरी जनावरहरुको प्रवेश रोक्न, मुहान तथा धारा परिसर सफा सुग्घर राख्न र बाहिरी मानविय क्रियाकपलापहरु रोक्न पानीका मुहान संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

मुहानको संरक्षण गरेर पानीको श्रोत बचाईराख्न समेत यो कार्य गरिएको सव ईन्जिनियर बिष्टले उल्लेख गर्नुभयो । पछिल्लो समय यी दुबै मुहानमा पानीको मात्रा हुँदै गएको पाईन्छ । जलवायुमैत्री मुहान संरक्षण कार्यले मुहान सुक्नबाट जोगाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्