Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरो हटाएपछि मध्यपहाडिको रुकुमखण्डमा यातायात सुचारु

शुक्रबार, असार १४, २०८१
tribeni2

मध्यपहाडी राजमार्गको रुकुमखण्डमा आएको पहिरोले अवरुद्ध भएको यातायात सुचारु भएको छ । राजमार्गमा आएको पहिराे हटाएपछि यातायात सेवा सुचारु भएको हो । 

बिहिवार बेलुका रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ किटेनीमा भएको पहिरोको कारण बाटो अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पुर्व, पोखरा, काठमाडौँ जाने र रुकुम पुर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरु रोकिएका थिए ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माका अनुसार पहिरो हटाएपछि अहिले उक्त खण्डमा यातायात सुचारु भएको छ । यससँगै घण्टौ रोकिएका यात्रुबहाक र मालबाहक गाडिहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका नगर प्रमुखको सचिवालयका सुर्य प्रकाश शर्माका अनुसार नगरपालिकाको स्टाभेटर पठाईएर सडकको पहिरो हटाईएको हो । उहाँका अनुसार पहिलो हटाउन बिहानैबाट स्काभेटर पठाईएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्