Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा पहिलो पटक अनलाईन मार्फत बसको टिकट लिने व्यवस्था

शुक्रबार, असार १४, २०८१
tribeni2

रुकुम पश्चिम र रुकुम पूर्वमा अनलाईन मार्फत बसको टिकट दिन सकिने व्यवस्था गरिएको छ । 

रुकुम सिस्ने यातायात प्रा.लि. र धौलागिरी गण्डकी यातायात प्रा.लि.ले अनलाईन मार्फत टिकट लिने मिल्ने व्यवस्था गरेका हुन् । रुकुम सिस्ने यातायात प्रा.लि.का अध्यक्ष नागेन्द्र कुमार पुन, धौलागिरी गण्डकी यातायात प्रा.लि.का अध्यक्ष उमेश केसी सहित प्रा.लि.को टोलीले अनलाई टिकट सेवाको व्यवस्था गरेको हो । 

रुकुम सिस्ने यातायात प्रा.लि.का अध्यक्ष नागेन्द्र कुमार पुनका अनुसार रुकुम पश्चिमको चौरजहारीबाट र रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौका लागि छुट्ने रात्री बसको टिकट अनलाईन मार्फत लिन सकिने व्यवस्था गरिएको हो । ईसेवा मार्फत टिकट लिन सकिने र यो सेवा रुकुममा पहिलो पटक सञ्चालन गरिएको अध्यक्ष पुनले बताउनुभयो । 

रुकुम सिस्ने यातायात प्रा.लि. र धौलागिरी गण्डकी यातायात प्रा.लि.मार्फत काठमाडौ जाने गाडि कहिले, कति नम्वर सिट, कति शुल्क लगायतका विवरणहरु अनलाईनमै देखिने र यात्रुहरुले आफ्नो आवश्यकता अनुकुल टिकट काट्न सक्ने उहाँले जनाउनुभयो । अध्यक्ष पुनले अब टिकट लिनको लागि बसको काउन्टरमै पुग्नुपर्ने, सिटका लागि भनसुन गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । 

अनलाईन सेवामा बसमा कति सिट रहेको र कुन सिट आफूलाई चाहिने हो सो सुविधा रोजेर लिन सकिने बताईएको छ । यो सेवामा बसका सबै सिटलाई अनलाईन मार्फत बुकिङ गर्नको लागि खुला गरिएको हुन्छ । 

यात्रुले आफूलाई जाने मिति, समय, सिट संख्या र सिट नम्वर उल्लेख गरेर टिकट टिकट लिन सक्नेछन् । यो सेवाले यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्