पशुपति माविमा वृक्षारोपण

शुक्रबार, असार १४, २०८१

रुकुम पश्चिम । अखिल क्रान्तिकारी मावि मूल इकाई समितिले मुसीकोट नगरपालिका -२ रातामाटामा रहेको पशुपती माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

आज एक कार्यक्रमका बिच विद्यालयमा गोलमोहर, शिरीष, अमला, सयपत्री, गुलाफ, घण्टी फूल लगायतका प्रजातिका १५० बढी बिरुवा रोपिएको संगठनका जिल्ला सचिव दुर्गा प्रसाद बिकले जानकारी दिनुभयो । 

उहाँका अनुसार वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियार, पशुपति माविका प्रधानाध्यपक घनश्याम बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्का, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्