सोसल मिडिया
पानीको रङ्ग हुँदैन भनेर मात्र पढाईयो मलाई बिश्वास थियो पानीको कुनै रङ्ग हुदैन भनेर मैले एक वचन सोधे स्यार्पु, तिमी कति सुन्दर छौ ?
स्यार्पुले जवाफ दियो : म कसरी सुन्दर हुनसक्छु ? बिसौ बर्ष पहिलादेखि मैले आँसु र रगत बोकिरहेको छु उ, त्यो पहाडको अलि तल काईलो खड्का रतने बिष्ट परिवर्तन कमरेड र पातली पुरी एक अर्काको गोलीले ढलेका हुन् हो, त्यहि स्थानमा तिनका आफन्तको कयौ आँसु बगेको थियो, साठी साल तिर !
एकदिन, म माथीको आकाश रिसले चुर भयो कालो-कालो भयो र, मलाई झन् ठुलो बनाईदियो मलाई झन् ठुलो मात्र बनाएन उ त्यो डाँडाबाट काईलो खड्का रतने बिष्ट परिवर्तन कमरेड पातली पुरीहरुको जम्मै रगत र तिनका आफन्तको आँसु भलसंगै बग्दै बग्दै आयो
त्यो दिन देखि पानी मात्र होईन मैले रगत र आँशु बोकिरहेको छु त्यो रगत र आँशुलाई स्यार्पु खोलाले बगाउन मानेकै छैन यो प्रश्नको जवाफ तिमी स्तै धेरैलाई मैले दिईसकेको छु तर पनि मलाई पानी मात्र देखिरहेको छ, दुनियाँ मेरो जीउ माथी डुङ्गामा रमाउँदै कयौ मान्छेले अनुहार पखाल्छन् मलाई मान्छेले मान्छेकै आँसु र रगतले अनुहार पखालेको हेर्न अप्ठ्यारो लाग्छ म कसैले नदेख्ने गरि बहुत रुन्छु आफ्नो आँसु अरुलाई देखाएर, के पो फाईदा हुन्छ र ?
मैले स्यार्पुलाई अर्को प्रश्न गरे हिजो एकअर्काका बन्दुकले मरेका र मारिएकाहरु चुनावमा एकै बाकस थापेर सिंहदरबार छिरिसके सहिदको विवरण लामो भयो तिनका सम्झनामा बाटोभरी स्मृति गेट र शालिकहरु छ्न तिमी अब कहिले यो पीडा बिर्सने ?
आँखाभरी आँसु निकाल्दै स्यार्पुले उत्तर दियो माईलो खड्काको एक मात्र सन्तान आज काला पहाड छ रतने बिष्टकी छोरी कोठीमा छ रे परिवर्तन कमरेडका साथीहरु हिड्दै हिड्दै अमेरिका पुगेका छ्न् पातली पुरीको लोग्ने बम्बै छ, रिक्सा चलाउँछ सुनेको छु
कालापहाड हानिएको माईलो खड्काको छोरो फर्केर गाउँमै मुखिया भैदियो भने बिष्टकी छोरीले गाउँ फर्केर सिलाईकटाई गरिन् भने परिवर्तन कमरेडका दौँतरीहरुले गाउँ फर्केर मेरै शरिरमा डुङ्गा चलाए भने पातली पुरीको लोग्नेले साहुको रिक्सा बुझाएर गाउँ फर्किएर, यतै अटो चलायो भने अनिमात्र मैले बोकिरहेको आँसु र रगत स्यार्पुखोला हुँदै सानीभेरीमा बगाईदिनेछु र, बाचा गर्नेछु - अब म कहिलै दुःखले रुने छैन ।