वन क्षेत्रमा बनाईएका खेलमैदानका संरचना हटाएर वृक्षारोपण

शुक्रबार, असार १४, २०८१

रुकुम पश्चिममा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका खेल मैदानका संरचनाहरु हटाईएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका ६ दहबाङ्गमा वन क्षेत्र अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाईएको हो । वन क्षेत्र अतिक्रमण गरेर खेल मैदानका संरचनाहरु बनाईएको स्थानमा आज वृक्षारोपण गरिएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमले दहबाङ्गमा वन क्षेत्र अतिक्रमण गरि बनाईएका खेल मैदानका संरचनाहरु हटाई वृक्षारोपण गरेको हो । 

कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार उक्त क्षेत्रमा विभिन्न निकायहरुले करिब ०.६५ हेक्टर वन क्षेत्र अतिक्रमण गरेर खेल मैदान बनाएका थिए । उहाँका अनुसार त्यस क्षेत्रमा प्राकृतिक पोखरी समेत रहेको थियो । 

448944558_439844175677845_8893231525014705575_n-1719587197.jpgआज उक्त क्षेत्रमा चार सय वटा तेजपात, अमला लगायतका प्रजातिका विरुवा रोपिएको कार्यालय प्रमुख परियारले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय रुकुम पश्चिम र लालिगुराँस सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहभागितामा वृक्षारोपन गरिएको हो ।अतिक्रमण नियन्त्रण गरिएको क्षेत्रलाई प्राकृतिक रुपमा पुनस्थार्पना गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्