मर्मस्पर्शी लोकगीत ‘आमा तिम्रै कोखमा’ बजारमा (भिडियोसहित)

शनिबार, असार १५, २०८१

लोक गायक तथा सर्जक तिलक परियारको लय तथा स्वरमा सजिएको ‘आमा तिम्रै कोखमा’ बोलको लोकगीत बजारमा आएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३ भलाचौर घरभई हाल अमेरिकामा रहनुभएका नविन प्रकाश ओलीको परिकल्पना तथा उहाँको स्वर्गीय आमाको सम्झनामा तयार पारिएको ‘आमा तिम्रै कोखमा’ बोलको मर्मस्पर्शी लोकगीत तिलक परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

यस भिडियो गीतमा तिलक परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने गीतको भाका तिलक परियारकै रहेको छ । डम्बर चन्द बगरको शब्द संकलन रहेको यस गितको निर्देशन प्रकाश भट्टले गर्नुभएको छ । 

यस गितको भिडियोमा हिउवाला गौतम, बिनोद भण्डारी, नारायणी खत्री लगायतको अभिनय रहेको छ ।

अल्पायुमै स्वर्गलोक पुगेकी आमाको सम्झनामा तयार गरिएको यस गीतमा फेरि पनि आमाको त्यहि कोखमा जन्म लिन पाउने आशा व्यक्त गरिएको छ । यस गीतमा ग्रामिण परिवेश र जीवन शैली, अभाव र गरिबीको मार, सानैमा टुहुरो हुँदाको पीडा अत्यन्तै वियोगान्त पूर्वक प्रकट गरिएको छ । 

भिडियो :

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्