Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बेरोजगारलाई काम फ्याट्ट, वडाका सडक चिटिक्क

२०७८ कार्तिक ११
tribeni2

रुकुम पश्चिम / बर्षायाममा बिग्रिएका त्रिवेणी गाउँपालिका ६ नम्वर वडा क्षेत्रका सडकहरु अहिले मर्मत गरेर सफा भईरहेका छन् । वडा कार्यालयले वडा भरीका सडकहरु मर्मत तथा सफा गरेर बेरोजगारहरुलाई रोजगार समेत दिईरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वडाभरीका कृषि सडकहरुको मर्मत तथा सरसफाईको काम थालिएको त्रिवेणी गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७८/०७९ को पहिलो चौमासिकमा प्राप्त १३ लाख २० हजार रुपैयाबाट सडक सरसफाईको कार्य थालनी गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

प्राप्त बजेटबाट २३ जनालाई १ सय दिनको रोजगारी दिईनेछ भने वडाको विकास पनि हुनेछ । पहिलो चौमासिकमा रोजगारीमा समाबेश गराउन नसकिएका बेरोजगारहरुलाई क्रमश अरु काममा र समयमा सहभागी गराईने उहाँले बताउनुभयो । यस वडाका ३ सय जना बेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत गरिएको छ ।

पहिलो चरणमा मुलाखोलादेखि वडा कार्यालयसम्म सडक मर्मत सम्पन्न भएको छ भने अरु सडक मर्मतको काम चलिरहेको छ । सडक सरसफाई पछि वडाका बिभिन्न टोलहरुमा आवागमन सहज हुनुका साथै सवारी वस्तु ढुवानीमा सहजता हुनेछ ।

सबै सडकको सफाई कार्य सम्पन्न हुन करिब एक महिना लाग्ने बताईएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २०:१०
प्रतिक्रिया दिनुहोस्