Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

धान दिवसको अवसरमा हिलोमा रस्साकस्सी र दौड

जनप्रतिनिधि र महिला कृषकको टोली विजयी
शनिबार, असार १५, २०८१
tribeni2

रुकुम पश्चिममा २१ औं रािष्ट्रय धान दिवस तथा रोपाई महोत्सव, २०८१ भव्य रुपमा मनाईएको छ ।

कृषि विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा मुसीकोट नगरपालिका –४ सोलाबाङमा सचेनामुलक र्‍याली, उत्कृष्ट किसानलाई पुरस्कार, हिले दौड, हिलोमा रस्साकस्सी र रोपाई कार्यक्रम गरिएको हो ।  ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा बृद्धि’ भन्ने मूल नाराका साथ दिवस बिशेष कार्यक्रम मनाईएको हो । 

दिवसको अवसरमा हिलोमै जनप्रतिनिधि, कर्मचारी, किसान बिचमा रस्साकस्सी प्रतियोगिता सम्पन्न गरिएको छ । जनप्रतिनिधि र कर्मचारीहरु बिच भएको रस्साकस्सी प्रतियोगितामा जनप्रतिनिधिको समुह विजय भएको छ भने महिला कर्मचारी र महिला कृषकहरु बिचमा भएको रस्साकस्सीमा महिला कृषकहरुको समुह विजय भएको छ । 

जनप्रतिनिधिहरुको टिमको नेतृत्व जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले गर्नुभएको थियो भने कर्मचारीहरुको टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले गर्नुभएको थियो । विजयी दुवै टिमलाई एक हजार रुपियाँ नगद पुरस्कार दिईएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । 

mahila1-1719655230.jpgहिलोमै भएको महिला दौड प्रतियोगितामा अनिता खड्का, सरस्वती पुन र भरमाया ओलीले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल हुनुभएको छ । उहाँहरुलाई क्रमशः नगद पाँच सय, तीन सय र दुई सय रुपियाँ पुस्कार प्रदान गरिएको छ । यसका साथै धान दिवसको कार्यक्रममा ल्याईएका हल गोरुलाई प्रतिजोडा दुई हजार रुपियाँ दिईएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यक्रममा कृषि विकास कायार्लयका निमित्त प्रमुख मिन बहादुर केसीले २१ औं रािष्ट्रय धान दिवस तथा रोपाई महोत्सव, २०८१ को सन्दर्भमा तयार गरिएका कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

उहाँले महत्वपूर्ण बालीको रुपमा रहेको धान बालीमा उत्पादन तथा उत्पादकत्वमा कमी आउनुमा जलवायु परिवर्तन एक महत्वपूर्ण कारण रहेको बताउनुभयो । उहाँले जिल्लामा चैते धान रोपाईलाई प्राथमिकता दिईएको समेत जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्