Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका उत्कृष्ट किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान 

शनिबार, असार १५, २०८१
tribeni2

कृषि विकास कार्यालय रुकुम पश्चिमले उत्कृष्ट कृषक तथा समुहलाई पुरस्कार सहित सम्मान गरेको छ । 

शनिबार भएको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०८१ को अवसरमा तीन जना किसानलाई पुरस्कारसहित सम्मान गरिएको छ । 
मुसीकोट नगरपालिका –४ सोलाबाङमा सचेनामुलक ¥याली, हिले दौड, हिलोमा रस्साकस्सी र रोपाई कार्यक्रमसँगै उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरिएको ।  

कृषि विकास कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारतर्फ जिल्लामा कृषि उत्पादनको क्षेत्रमा उल्लेख्यनिय कार्य गर्ने तीन जनालाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीका अनुसार मह तथा मौरी पालन व्यवसायमा उत्कृष्ट कार्य गर्न बाँफिकोट गाउँपालिका –१ का किसान महेन्द्र मल्ल प्रथमलाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी फलफूल उत्पादनतर्फ आठविसकोट नगरपालिका –२ का किसान कृष्णबहादुर यरीले द्वितीय र बिउ उत्पादनतर्फ चौरजहारी नगरपालिका –३ स्थित ताजा तरकारी तथा बिउ उत्पादन कृषक समुहले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । उहाँहरुलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराईएको छ ।  

उत्कृष्ट स्थान ल्याउन सफल किसान तथा समुहहरुलाई जिल्ला समन्वय समिति लुम्बिनी गौतम, मुसीकोट नगर प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । 

20240629_114116-1719658840.jpg

20240629_114230-1719658736.jpg

20240629_114154-1719658729.jpg

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्