अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारीको नगर सम्मेलन सम्पन्न

शनिबार, असार १५, २०८१

अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी नगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । 

शनिबार चौरजहारीमा भएको सम्मेलनले प्रेम महरको अध्यक्षतामा १५ सदस्यीय नगर नयाँ कार्य समिति चयन गरेको छ । 

महासंघको उपाधयक्षमा केशर आचार्य, सचिवमा गणेश पि.एम., कोषाध्यक्षमा शुसिला के.सी.भन्डारी र सह सचिवमा लक्ष्मी रोकाय कामी चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा पन्चाराम के.सी., विपना रोकाय, मोहन दर्लामी, तुल्सीराम बुढा, सुवाश बिक, निर्मला खत्री रोका, लिला बस्नेत अधिकारी, हिरालाल जैसी, करिश्मा शर्मा आचार्य र जीवन के.सी. चयन हुनुभएको छ । 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्