नेकपाले रुकुममा डेढ बिगाह बढी जमिनमा धान लगायो

शनिबार, असार १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले करिब डेढ बिगाह जमिनमा धान रोपेको छ । पार्टीको सामुहिक उत्पादन कार्यक्रम अन्तर्गत आज धान दिवसको अवसरमा रोपाई गरिएको हो । 

आठविसकोट नगरपालिका वडा नम्वर ७ को गारखारामा जमिन लिजमा लिएर सामुहिक खेती गरिएको पार्टी निकट युवा संगठन नेपालका सचिवालय सदस्य महेश सीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज पार्टीका केन्द्रिय सदस्य चन्द्र सीको बिशेष उपस्थितिमा धान रोपाई गरिएको हो । श्रमलाई सम्मान गरौं, श्रम संस्कृतिको निर्माण गरौ भन्ने मूल नाराका साथ धान रोपाई गरिएको हो । 

युवा संठगनका केन्द्रिय सचिवालय सदस्य महशेका अनुसार पार्टीले लिजमा लिएको जग्गामा उत्पादन भएको धान दुई भाग पार्टीले र एक भाग जग्गाधनीले उपायोग गर्नेछन् । बाँझो जमिनलाई देतीयोग्य बनाएर पार्टीले उत्पादनको काममा जुटेको उहाँले जानकारी दिनुभयो । 

धान रोपाईं कार्यक्रममा पार्टीका आठविसकोट नगरपालिका ईन्चार्ज अपिल सी, त्रिवेणी गाउँपालिका ईन्चार्ज धनु सी लगायत करिब ३५ जना पार्टी कार्यकता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो । 

687e4cf5-a162-481a-9720-4ab4d63cd647-1719676062.jpeg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्