Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रकोप सम्वन्धी जनचेतना जगाउँदै सशस्त्र प्रहरी बल 

शनिबार, असार १५, २०८१
tribeni2

सशस्त्र प्रहरी बल ४७ नम्वर गुल्म रुकुम पश्चिमले जल उत्पन्न प्रकोप सम्वन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । 

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ५ खहरेमा रहेको माध्यामिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका विचमा उक्त जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहायक गुल्मपती एवम प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माले विपद् उद्धारमा सशस्त्र प्रहरी वल नेपालको भुमिका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले विपदको पुर्व तयारी, खोज तथा उद्धार, पुनस्र्र्थापना, पुननिर्माण, मनोवैज्ञानिक परामर्श, पृष्ठपोषण लगायथको विषयमा जानकारी दिनुभएको हो ।

449117265_7831409120281536_6456158096756645377_n-1719677137.jpgत्यस्तै सावधानिका उपाय अन्तरगत जोखिमपुर्ण इलाकाको पहिचान, नियमित समाचार सुन्ने पिउने पानी र खाद्यान्नको व्यवस्थापन गर्ने, जोखिमपुर्ण वस्तीहरुलाई स्थानान्तरण गर्ने, अत्यावश्यक औषधी र प्राथामिक उपचार सम्वन्धीको वारेमा समेत जानकारी गराउनु भएको थियो । आपतकालिन अवस्थामा सशस्त्र प्रहरी बलको टोल फ्री नम्वर १११४ र नेपाल प्रहरीको टोलफ्री नम्वर १०० मा कल गरेर मानविय तथा प्राकृतिक प्रकोपका घटनाको वारेमा जानकारी दिन सकिने बारेमा सहजिकरण गर्नुभयो ।

सोही कार्यक्रममा प्राकृतिक प्रकोप, वाढी पहिरो, चटयागं, भुकम्प, हावाहुरीबाट वच्ने उपायको वारेमा वृतचित्र प्रदर्शन गरीएको थियो । सशस्त्र प्रहरी वल ४७ नम्वर गुल्मका प्रहरी नायव निरीक्षक निरीक्षक मधु गौतमले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोतिलाल परियार, विद्यालयका शिक्षक, विद्यार्थीहरु सहभागिता रहेको थियो ।

449121951_7831408576948257_5938287857133170082_n-1719677140.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्