Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किटेनीमा पहिरो जाँदा मध्यपहाडीको रुकुमखण्ड अवरुद्ध

आइतबार, असार १६, २०८१
tribeni2

मध्यपहाडी राजमार्गको रुकुमखण्डमा फेरि पहिरो आएको छ । शनिबार राती मुसीकोट नगरपालिका –८ किटेनीमा आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ । 

सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पुर्व, पोखरा, काठमाडौँ जाने र रुकुम पुर्वबाट पनि रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरु रोकिएका छन् । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मुसीकोट नगरपालिका र मध्यपहाडि राजमार्ग कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने कोशिस भईरहेको छ । 

शनिबार रातीको ठुलो बर्षासँगै आएको पहिरोले गएराती देखि नै सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुबहाक र मालबाहक गाडिहरु रोकिएका छन् । 

सोहि स्थानमा गत शुक्रबार पनि पहिरो आएर सडक अवरुद्ध भएको थियो । मध्यपहाडि सडकको उक्त स्थान भिरालो र पहिरोको उच्च जोखिममा रहेको बताईन्छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्