छिङका रोकाय घर नजिकै मृत फेला

आइतबार, असार १६, २०८१

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । 

छिङको माथिगाउँ निवासी ३० वर्षिय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार शनिबार बेलुका घर नजिकैको खोल्सामा रोकायको शव फेला परेको हो । 

उहाँका अनुसार मादक पदार्थ सेवन गरेर लडेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रोकायको शवलाई पोष्टमार्टमको लागि आईतबार बिहान जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

रोकायको शरिरमा बाहिरी चोट केहि पनि नदेखिएकोले पोष्टमार्टम रिपोर्टपछि थप कुुरा खुल्ने डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्