Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालकल्याण र मालिका माविका २८० विद्यार्थीलाई टेलिकमद्वारा झोला वितरण

आइतबार, असार १६, २०८१
tribeni2

रुकुम पश्चिमका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको छ । 

जिल्लाको मुसीकोट नगरपालिका -६ मा रहेको बालकल्याण माध्यमिक विद्यालय झुल्खेत र वडा नम्वर -१० मा रहेको मालिका माध्यमिक विद्यालय चुनका विद्यार्थीहरुलाई नेपाल टेलिकमको लोगो अंकित झोला वितरण गरिएको हो । 

नेपाल टेलिकमका व्यापार अधिकृत बेदप्रसाद पौडेल, अधिकृत कृष्ण बन्जारा, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका संचार विज्ञ नरेन्द्र केसी लगायतको टिमले दुबै विद्यालयमा पुगेर विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । 

संचार विज्ञ केसीका अनुसार नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्गत विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । टेलिकमले एक वर्षमा तीन हजार पाँच सय विद्यार्थीहरुलाई झोला वितरण गर्ने कार्यक्रम राखेको र त्यस मध्य रुकुममा २८० विद्यार्थीलाई झोला वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

बालकल्याण माविमा कक्षा ९ र १० मा अध्ययारत १५० जना र मालिका माविमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३० जना विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरिएको हो । 

झेला वितरण कार्यक्रममा बालकल्याण माविमा विव्यस अध्यक्ष जयबहादुर पाण्डे, वडा नम्वर १० का वडा अध्यक्ष धनबहादुर खड्का, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

449434113_10229325957806750_4633517616414822152_n-1719739013.jpg
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्