Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्व. जैसीको स्मृतिमा विद्यालयमा एक लाख एक हजार १११ रुपियाँको अक्षयकोष स्थापना

आइतबार, असार १६, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ मा रहेको आधारभूत विद्यालय नाखिरामा अक्षयकोष स्थापना गरिएको छ । 

विद्यालयको प्रधानाध्यापक पदमा कार्यरत रहँदा स्वर्गवासी हुनुभएका रुद्रलाल जैसीको स्मृतिमा एक लाख एक हजार १११ रुपियाँको रुद्रलाल जैसी स्मृति अक्षयकोष स्थापना गरिएको हो । 

स्व. जैसीको पहिलो स्मृति दिवसको अवसरमा आज विद्यालयमा भएको एक कार्यक्रमका बिच विद्यालयमा प्रधानाध्यापक शिवराम गिरीलाई एक लाख एक हजार ११ रुपियाँको चेक हस्तान्तरण गरिएको हो । 

उहाँकी जेठी छोरी सुस्मिता आचार्यका अनुसार शैक्षिक क्षेत्रमै सक्रिय रहँदै गर्दा स्वर्गवासी हुनुभएकोले विद्यालयमै अक्षयकोष बनाईएको हो । बुवाले करिब २० वर्ष सेवा गरेको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई बार्षिक छात्रबृत्ति प्रदान गर्ने गरेर अक्षय कोषको लागि रकम प्रदान गरिएको सुस्मिताले जानकारी दिनुभयो । 

कोषबाट प्राप्त हुने लाभांसले बार्षिक रुपमा एक जना गरिब तथा जेहेन्दार र एक जना खेल क्षेत्रमा अब्बल बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने बताईएको छ । 

स्व. आचार्यका भजित यदु कुमार आचार्यले तेह्रो पूण्यतिथिको अवसरमा आयोजित एक कार्यक्रममा परिवारका तर्फबाट घोषणा गरिएको अक्षय कोष स्थापनाको काम पहिलो वार्षिक पूष्य तिथिको अवसरमा पुरा गरिएको बताउनुभयो । काकाले शिक्षा र खेल क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर र स्मरण हुनेगरी दुवै क्षेत्रमा अक्षयकोषले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

पहिलो पूण्यतिथीकै अवसरमा विद्यालयमा आयोजित कार्यक्रम विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीलाई नगर रमक र शैक्षिक सामाग्री प्रदान गरिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भन्ने ध्येयका साथ सहयोग हस्तान्तरण गरिएको छ भने विद्यालयमा खेलकुदका लागि बल, नेट र डोरी समेत उपलब्ध गराईएको छ । 

कार्यक्रममा चौरजहारी नगरपालिका वडा नम्वर १ का वडाअध्यक्ष ईन्द्रे गिरी, नगर शिक्षा समितिका सदस्य सुदास स्वर्णकार, वडा नम्वर ७ का पुर्व वडाअध्यक्ष ईन्द्रलाल शर्मा, शिक्षक, विद्यार्थी, स्वर्गीय जैसीका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । 

राष्ट्रिय भलिबल खेलाडी समेत रहनु भएका जैसीले तीन दशक शिक्षण पेशामा बिताउनुभएको थियो । खेलकुदको गहना, ज्ञानको ज्योती, हजारौ युवा प्रेरणाका श्रोत, समाजको अब्बल उदाहरणको रुपमा परिचित रुद्रलाल जैसीको २०८० साल जेठ २८ गते ५७ वर्षकाे उमेरमा क्यान्सर संक्रमणको कारण मृत्यु भएको थियो । उहाँका एक श्रीमती र ६ बहिनी छोरी हुुनुहुन्छ । 

सम्बन्धित समाचार ...

be5035e1-24fd-46ea-b6ec-5ff0663b617c-1719743119.jpeg

7cbc644f-2b1d-4d0f-bb42-e8f70bbf320d-1719743110.jpeg

753fd880-00d2-4b25-a5b7-58362d8bd1df-1719743109.jpeg

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्