आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते

आइतबार, असार १६, २०८१

रुकुम पश्चिमको आठविसकोटमा अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । 

आठविसकोट नगरपालिका -९ को राडि बजारबाट वडा नम्वर -१२ को ठुलीबार्खुतर्फ जाँदै गरेको भे १ ह ५३९४ नम्वरको अटो राडिबजार नजिकै घट्टाखेतनेर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर आठविसकोट नगरपालिका -१२ का ३३ वर्षिय सरुण कुसारी, ४० वर्षिया रीता कुसारी, २० वर्षिया बिमला कुमारी र २० वर्षिया दिपा कुसारी घाईते हुनुभएको छ । 

घाईतेहरुको आठविसकोट नगर अस्पतालमा उपचार भईरहेको छ । अस्पतालका अहेब तिलक बटालाका अनुसार चारै जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्