Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अरिङ्गालको टोकाइबाट अचेत बनेका बालक अस्पताल भर्ना

आइतबार, असार १६, २०८१
tribeni2

रुकुम पश्चिममा अरिङ्गालको टोकाइबाट एक बालक घाइते भएका छन्। 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर -९ बटाला गाउँका ११ वर्षीय बालक खेमराज बटाला अरिङ्गालको टोकाईबाट घाइते भएका हुन् । 

घर नजिकै गोठाला गएको बेला बालकलाई अरिङ्गालले टोकेको उनकी आमा ललिता केसी बटालाले जानकारी दिनुभयो । घाइते बालकलाई अहिले आठविसकोट नगर अस्पतालमा ल्याईएको छ । 

अस्पतालका अहेब तिलक बटालाका अनुसार अरिङ्गालको टोकाईबाट घाईते भएका बालक अचेत अवस्थामा अस्पताल पुर्याईएका थिए । उपचार पश्चात अहिले होसमा आएको उहाँले  जानकारी दिनुभयो ।

अहिले घाईते बालकको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्