Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तीन दिनपछि खुल्यो मध्यपहाडी, रुकुम पूर्वमा एकतर्फी यातायात सुचारु

सोमबार, असार १७, २०८१
tribeni2

पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । गत शनिबार बेलुका मुसीकोट नगरपालिका –८ किटेनीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि सोमबार दिउँसोबाट यातायातका साधनहरु चलेका छन् ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मध्यपहाडि राजमार्ग कार्यालयसँग समन्वय गरेर पहिरो हटाईएको हो । 

मध्यपहाडि राजमार्ग कार्यालयले यस स्थानमा अवरुद्ध रहेका सडक सूचारु राख्नको लागि आवश्यक सामाग्री समयमै उपलब्ध गराउन नसक्दा तीन दिनपछि राजमार्ग खुलेको हो । पहिरो पन्छाउनको लागि राजमार्ग कार्यालयले सोमबार बिहान मात्र स्टाभेटरको व्यवस्था गर्न सकेको थियो । 

किटेनीसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका –८ स्थित कालेखोलामा पनि पहिरो आएको थियो । दुबै स्थानको पहिरो पन्छाईएको कार्यालयले जनाएको छ । 

यसका साथै रुकुम पूर्वको रुकुमकोट स्थित रानीकोटमा समेत गएरातीको पानीको कारण पहिरो आएको थियो । यस स्थानमा पहिरो पन्छाएर एकतर्फी रुपमा यातायातका साधानहरु चल्ने व्यवस्था मिलाईएको छ ।  

सडक अवरुद्ध हुँदा रुकुमपश्चिम हुँदै रुकुमपुर्व, पोखरा, काठमाडौँ जाने र रुकुमपुर्वबाट पनि रुकुमपश्चिम, सल्यान, दाङ, नेपालगन्ज जाने सवारी साधनहरु रोकिएका थिए । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्