रोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु

सोमबार, असार १७, २०८१

रोल्पाको माडि गाउँपालिका ३ परेवा छहरा जिप दुर्घटनामा भएको छ ।

माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ जना पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शिहरुले जानकारी दिएका छन ।
यो समाचार तयार पार्दा सम्म भर्खरै मात्र घटना स्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको छ । स्थानीयहरुले पनि उद्दार कार्यमा खटिएका छन । गाडिमा १४ जना सवार रहेको बताइएको छ ।

घटनास्थलमा रहेका स्थानीयको  अनुसार बाटोमा पहिरो गएको र गाडि रोकेर हेर्दै गर्दा ब्याक भएर गाडि सडकबाट तल खसेको  हो ।

उद्दार कार्य जारी रहेकाले र मृत्यु हुनेको संख्या बढ्न सक्ने उद्दारकर्मीहरुले बताएका छन् । थप जानकारी आउन अझै बाँकी छ । मृतक कसैको पनि पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्