Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी कार्यक्रम थप, पहिलोपटक सहुलियत कोटा निर्धारण

फार्मेसी कार्यक्रममा १८ र जियोमेट्रिक ईन्जिनियरिङमा १९ कोटा सहुलियतमा 
मंगलबार, असार १८, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सिटिईभिटीको आंगिक शिक्षालय सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय चौरजहारीमा यस वर्षदेखि डिप्लोमा ईन फार्मेसी कार्यक्रम थप भएको छ । 

डिप्लोमा ईन वन विज्ञान र डिप्लोमा ईन जियोमेट्रिक ईन्जिनियरिङ कार्यक्रम सञ्चालन हुँदै आएको यस शिक्षालयमा यस वर्षदेखि फोर्मेसी कार्यक्रम सुरु भएको हो । यसका साथै यस वर्षदेखि शिक्षालयलमा सहुलियत कोटा समेत निर्धारण गरिएको छ । 

४० वटा कोटा रहेको वन विज्ञान र फार्मेसी कार्यक्रमको लागि १८ वटा र ४८ वटा कोटा रहेको जियोमेट्रिक ईन्जिनियरिङमा १९ वटा कोटामा सहुलियतको व्यवस्था गरिएको छ । सहुलियत कोटामा ५० प्रतिशत छुटमा डिप्लोमा कार्यक्रम पढ्न पाईने भएको छ ।  शिक्षालय सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्षतामा बसेको बैठकले विभिन्न लक्षित कोटा निर्धारण गरेको हो । 

शिक्षालयका अनुसार सहिद परिवार, जनआन्दोलन तथा द्वन्द्वपीडित परिवारको लागि दुई जना, महिला कोटामा चार जना, अपाङ्गता भएका व्यक्ति एक जना, दलित दुई जना, आदिवासी जनजाती तीन जना,  मधेसी तथा मुस्लिम एक जना, पिछडिएको क्षेत्रबाट एक जना, जग्गादाताबाट एक जना र सरकारी विद्यालयमा कार्यरत शिक्षकका छोराछोरीबाट एक जनाले सहुलियत शुल्कमा पढ्न पाउनेछन् । 

त्यसैगरी स्थानीय कोटाबाट एक जना र जिल्ला कोटाबाट दुई जनाले सहुलियतमा पढ्न पाउने व्यवस्था गरिएको छ । शिक्षालयका लेखापाल यज्ञश्वर शर्माले स्थानीय कोटा अन्तर्गत चौरजहारी नगरपालिकाको कोटामा दुई वटा र रुकुम पश्चिमको जिल्ला कोटामा चार वटा कोटा निर्धारण गरिएको जानकारी दिनुभयो ।

त्यसमध्य जिल्ला र स्थानीय कोटामा कायम गरिएको संख्यामा बराबरी संख्या योग्यता क्रमको आधारमा सहुलियत र पूर्ण शुल्कसहित निर्धारण गरिएको छ । फार्मेसी तर्फको सहुलयित कोटामा भने जिल्ला कोटा तीन वटा र सहुलियत कोटा एक वटा मात्रै रहेको छ ।  

यसैगरी छात्रवृत्ति कोटा अन्तर्गत वर्गिकृततर्फ चार जना र जेहेन्दार तर्फ एक जनाले निशुल्क पढ्न पाउनेछन् । अन्य कोटाहरुमा परिषद् कर्मचारी कोटाबाट एक जनाले निशुल्क, टिएसएलसीबाट दुई जनाले पूर्ण शुल्क, खुल्ला तर्फबाट १८ जनाले पूर्ण शुल्कको कोटाबाट अध्ययन गर्न पाउने बताईएको छ । 

तीन वर्षे डिप्लोमा ईन फार्मेसी कार्यक्रमको लागि सहुलियत काेटाबाट ४२ हजार पाँच सयमै कोर्स पुरा हुनेछ भने वन विज्ञान र डिप्लोमा ईन जियोमेट्रिक ईन्जिनियरिङ तर्फको सहुलियत कोटाबाट २२ हजार पाँच सयमै कोर्स पुरा हुन्छ ।  । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्