Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा तीन महिनामा ३९ फरार प्रतिवादी पक्राउ

मंगलबार, असार १८, २०८१
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरिक्षक नवराज पोखरेल (डिएसपी) ले चैत १४ गतेदेखि असार १४ गते सम्म २७ जना  र आज मात्र १२ जना गरेर ३९ जना फरार प्रतिवादी पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतबाट दोषि ठहर भई फरार रहेका प्रतिवादीहरुलाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको हो । यो विवरण डिएसपी पोखरेलले जिल्ला प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेदेखिको हो । 

कर्तव्य ज्यान मुद्धामा पाँच वर्षदेखी फरार रहेका देखि लिएर बैंकिङ्ग कसुर, जबरजस्ती करणी लगायतका मुद्धामा फरार रहेका प्रतिवादीहरु पक्राउ गरेर अदालतमा बुझाईएको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।

जिल्लामा ३१९ जना फरार प्रतिवादी रहेको विवरण अदालतबाट प्राप्त भएकोले अन्यको खोजी भईरहेको उहाँले जानकारी दिनुभयो । 

जिल्लाका सबै सरोकारवाला निकाय, सर्वसाधारणहरु लगायतको समन्वय र सहकार्यबाट प्रहरीले शान्ती सुरक्षा, अपराध नियन्त्रण र सचेतनाका कामहरु प्रभावकारी रुपमा गरिरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्