Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७९ रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट, करिब दुई हजार सवारी साधन कारबाहिमा

मंगलबार, असार १८, २०८१
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो तीन महिनामा भएका केहि मुख्य कार्यहरु सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले पछिल्लो तीन महिनामा सम्पादन गरेका मुख्य कार्यहरुको जानकारी गराउनुभएको हो । 

डिएसपी पोखरेलले यस अवधिमा सचेतनाका कार्यक्रमहरुहरुसँगै कानून कार्यान्वयनका विभिन्न कार्यहरु सम्पादन गरिएको बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानमा ७९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम खेती नष्ट गर्नुका साथै ३९ जना फरार प्रतिवादीहरु पक्राउ गरेको जानकारी दिनुभयो । 

त्यसगैरी यस अवधिमा अनुसन्धानको क्रममा २३ जनालाई पक्राउ गरिएको बताईएको छ । पक्राउ पर्नेहरुम १७ जना पुरुष, दुई जना महिला र चार जना बालक रहेका छन् । डिएसपी पोखरेलका अनुसार तीन महिनाको अवधिमा दुई नाल अवैध हतियार बरामद गरिएको छ भने २४४ वटा नागरिकता सम्बन्धिका मुचुल्का, ४२ वटा नागरिकता थर संशोधनको मुचुल्का बनाईएको छ । 

438059628_741550881518157_6113988978158900056_n-1719921282.jpg

जिल्ला प्रहरी कार्यालयले तीन महिनाको अवधिमा एक हजार ९४९ सवारी साधनलाई कारबाहि गरेर १४ लाख ७६ हजार रुपियाँ राजश्व संकलन गरेको छ । त्यसैगरी विपद्का घटनाहरुमा ३५० जनाको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने २८ वटा विपद्का घटनाहरुको मुचुल्का तयार पारिएको छ । 
प्रहरीले सचेतनाको पाटोलाई प्राथमिकता दिदै तीन महिनामा २०३ वटा सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । यस कार्यक्रमबाट सात हजार २५८ जना सर्वसाधारणहरु लाभान्वित भएको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

dpo-rukum-pashim-1719921289.jpgयसका साथै कार्यालयको भौतिक प्रगति विवरण समेत उहाँले जानकारी गराउनुभयो । यस अवधिमा कार्यालयको सौन्दर्यताको लागि रचनात्मक सोलोगन लेख्ने,वाल पेन्टिङ, पर्खाल निर्माण, फूलवारी निर्माण लगायतका कामहरु गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयको कम्पाण्डमा तारजाली लगाईएको, ईलाका प्रहरी कार्यालय चौरजहारीमा कम्पाण्ड वाल निर्माण भईरहेको, ईलाका प्रहरी कार्यालयको भवन निर्माणको काम सुरु भएको, जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिका भवन निर्माणको काम अन्तिम चरणमा रहेको, अस्थायी प्रहरी चौकी निर्माणको काम भईरहेको, गमलाहरु निर्माण गरेर विभिन्न प्रजातिका फूलहरु रोपिएको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

यस अवसरमा डिएसपी पोखरेलले संचार क्षेत्र र प्रहरीको सम्बन्ध, सहकार्य, महत्व लगायतका विषयमा प्रस्तुतिकरण राख्नुभएको थियो । 

WhatsApp-Image-2024-07-02-at-16.37.04_99736b50-1719918137.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्