Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
मनकारी रुकुमेली

अमेरिका पुगेका रुकुमेलीको यो प्रशंसनीय काम

प्रवेश–रामजी स्मृति खुला मंच हस्तान्तरण
२०७८ कार्तिक ११
tribeni2
  •           उर्मिला गौतम

रुकुम पूर्व / अमेरिका पुगेर लाखौ, करोडौ पैसा कमाएका धेरैजसो व्यक्तिहरुले शहरमा घरजग्गा जोड्छन्, व्यवसायमा लगानी गर्छन् । कतिपयले जन्मघर बिर्सेर अमेरिकामै जीन्दगी व्यतीत गरिरहेको पाईन्छ । तर, रुकुम पूर्वमा जन्मेका एक जोडिले नमूनायोग्य सामाजिक काम गरेर प्रशंसित भएका छन् ।

जिल्लाको पुथा उत्तरगङ्गा गाँउपालिका ११ उपल्लो सेराका गौप्रसाद बुढामगर र बिनाकुमारी बुढामगरले ब्यक्तिगत लगानीमा आफ्नो गाउँमा खुला मंच निर्माण गरे । आज एक औपचारिक कार्यक्रमको बिच उक्त जोडिले निर्माण गरेको प्रवेश–रामजी स्मृति खुला मंच पुथा उत्तरगङ्गा गाँउपालिकालाई हस्तान्तरण गरिएको छ ।

खुल्ला मंच निर्माण गर्ने गौप्रसाद र बिनाकुमारीलाई गाँउपालिका लगायत विभिन्न वडाहरुले कदर पत्र सहित भव्य सम्मान गरेका छन् । उहाँहरु दुबैजना हाल अमेरिकामा बस्दै आउनुभएको छ । उहाँहरुले ६४ लाख ५० हजारको लगानी गरेर उक्त खुल्ला मंच निर्माण गर्नुभएको स्थानीय अभिसर बुढामगरले बताउनुभयो ।

उक्त खुला मंचको उद्घाटन तथा हस्तान्तरणको अवसरमा आयोजित बिशेष सास्कृतिक कार्यक्रममा उहाँहरुले चर्चित इन्द्रेणी कार्यक्रमका कलाकारको समुहलाई मायाको चिनो सहित १०/१० हजार नगद र स्थानीय कलाकारलाई मायाको चिनो सहित ५/५ हजार समेत प्रदान गर्नुभएको छ ।

मंचको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै गौप्रसादले निर्माण कार्यमा सहयोग गर्ने गाउपालिकावासी सबैलाई धन्यवाद दिनुभएको छ। सानै उमेरमा आमा बुवा गुमाएको स्मरण गर्दै श्रीमती बिनाकुमारी बुढामगरको साथ सहयोग र हौसलाले यहाँ सम्म पुग्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी ओमप्रकाश घर्ती मगरले गाँउपालिकाले गर्न नसकेको काम व्यक्तिगत लागानिमा निर्माण गरिदिएकोमा धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्