Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सीप, संस्कार र प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिदै न्यू मुनलाईट

बुधबार, असार १९, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा रहको न्यू मुल लाईट सेकेन्डरी बोर्डिङ स्कुलले सीप, संस्कार र प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएको जनाएको छ । 

सोहि कार्य अन्तर्गत विद्यालयले आज देखि तीन महिने मन्टेश्वरी तालिम सुरुवात गरेको छ । तालिमको एक कार्यक्रमका बिच मुससिकोट नगरपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष समिर जंग मल्लले उद्घाटन गर्नुभएको छ ।

उद्घाट सत्रमा बोल्नुहुँदै वडा अध्यक्ष मल्लले आमा बुवापछिको अर्को जननी तथा गुरु विद्यालय क्षेत्र नै भएकोले बालबालिकाको भविष्य उज्वल बनाउन मन्टेश्वरी तालिम प्रभावकारी हुने विश्वास गर्नुभयो ।

उहाँले बालमैत्री र प्रविधिमैत्री शिक्षण सिकाइको महत्वलाई बुझेर विद्यालयले अत्यावश्यक कार्य सुरु गरेको बताउनुभयो । बच्चाको मनोविज्ञान अनुसारको शिक्षण सिकाइको लागि मन्टेश्नवरी तालिम प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीले बालबालिकाको कलिलो मष्तिष्कलाई सहि ज्ञान र बाटो दिन तालिम महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षाको पूर्वाधार भनेकै मन्टेश्वरी भएकोले प्रविधिको सहि सदुपयोग गर्न विद्यालयले महत्वपूर्ण तालिमको व्यवस्थापन गरेको उल्लेख गर्नुभयो । 

WhatsApp-Image-2024-07-03-at-09.19.21_c2ed6f37-1719979231.jpgतालिममा विभिन्न तीन विद्यालयमा २४ जना शिक्षिकाहरुको सहभागिता रहने विद्यालयका प्रिन्सिपल खड्क कँवरले जानकारी दिनुभयो । न्यू मुनलाईटका १९ जना, सानोभेरी बोर्डिङका तीन जना र शाइकुमारी बोर्डिङ साँखका १ जना शिक्षिकाहरुले तीन महिने मन्टेश्वरी तालिम लिनुहुनेछ । 

विद्यालयमा कार्यरत शिक्षिकाहरूलाई विभिन्न व्यवहारिक शिक्षण सीप सिकाउने उद्देश्यले स्कुलले तालिमको आयोजना प्रिन्सिपल कँवरले जानकारी दिनुभयो । तालिमले मन्टेश्वरी प्रविधिको ज्ञान र सीप सिकाएर सिकेको सैद्धान्तिक ज्ञान बालबालिकामा पस्कन सफल हुने उहाँको भनाई छ । 

सामुदायिक विद्यालयका लागि सरकारले विभिन्न तालिमको आयोजना गर्ने भए पनि संस्थागत विद्यालयमा सीप विकास तालिमको अभाव रहेकोले आफूहरूले बेला बेलामा यस्ता तालिमको आयोजना गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । 

नेपाल करिअर ट्रेनिङ फाउन्डेशन (सिटिएफ) को प्राविधिक सहयोग तथा सहजिकरणमा तालिम सञ्चालन हुने बताईएको छ । तालिमको सहजिकरण सिटीएफ नेपालका प्रदेश संयोजक अशोक सुवेदी र तालिम संयोजक हिरा केसीले गर्नुहुने बताईएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल शरद गौतमको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन प्रिन्सिपल खड्क कँवरले गर्नुभएको थियो । विद्यालयले यस अघि पनि मन्टेश्वरी तालिम सञ्चालन गरेको थियो । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्