Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँशपोखरीमा एक लाख दश हजारको अक्षयकोष 

बुधबार, असार १९, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१२ स्थित जनकल्याण माध्यमिक विद्यालय काँशपोखरीमा अक्षषकोष स्थापना गरिएको छ । 

मुसिकोट नगरपालिका –१२ निवासी नजरा डाँगीको स्मृतिमा उहाँका छोराहरुले एक लाख दश हजार १११ रुपियाँको ‘नजरा डाँगी स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको हो । 

छोराहरु खम्मबहादुर डाँगी, प्रेमबहादुर डाँगी र बिरबहादुर डाँगीले स्व. आमाको तेस्रो बार्षिक तिथीको अवसरमा अक्षयकोषका लागि विद्यालयमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

आमाको सपना साकार पार्न र विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्न अक्षयकोष बनाईएको छोराहरुले बताउनुभएको छ । नजरा डाँगीको २०७८ जेठ २८ गतेका दिन निधन भएको थियो । 

बिरबहादुर र प्रेमबहादुर यहि विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ भने खम्मबहादुर अभिभावक हुनुहुन्छ । आफुले र सन्तानले अध्ययन गरेको विद्यालयमा आमाको नामबाट अक्षय कोष स्थापना गरिएको छोराहरुले उल्लेख गर्नुभयो । 

बीरबहादुर र खमबहादुर नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि र प्रेम बहादुर क्रियाशिल सदस्य समेत हुनुहुन्छ । अक्षय कोषबाट प्राप्त हुने लाभांस रकमले बार्षिक रुपमा विद्यालयमा अध्ययनरत केहि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने बताईएको छ । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्