एमालेका सबै मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

बुधबार, असार १९, २०८१

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र एमालेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएकाे छ । 

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्रसमेत प्रधानमन्त्रीलाई बुझाएका छन् । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको माओवादी, २१ सिटको रास्वपा, १० सिटको नेकपा एकीकृत समाजवादी, ७ सिटको जसपा र ६ सिट रहेको जनमतको मात्र समर्थन बाँकी रहेको छ । 

अब प्रचण्डले आगामी साउन १९ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्