Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका जेष्ठ नागरिकहरु एकजुट

बिहीबार, असार २०, २०८१
tribeni2

रुकुम पश्चिमकाे मुसिकोट नगरपालिकाका जेष्ठ नागरिकहरु एकजुट भएका छन् । मुसिकोट नगरपालिका १ खलङगामा भएकोे जेष्ठ नागरिकहरुका लागि बनेका ऐन कानून सम्बन्धीको अन्तरक्रिया पश्चात नगरपालिकास्तरिय जेष्ठ नागरिक समिति गठन गरेर एकजुट भएका हुन् । 

समिति मार्फत एकजुट भएर जेष्ठ नागरिकहरुको हक हितका लागि कार्य गर्ने बताईएको छ । मुसिकोट नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको उक्त कार्यक्रम पश्चात लक्ष्मण कुमार शर्माको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा अमृता खड्का, सचिवमा ओपेन्द्र पाण्डे, सह सचिव जवाहललाल शर्मा र कोषाध्यक्षमा नारायण प्रसाद शर्मा चयन हुनुभएको छ । 

WhatsApp-Image-2024-07-03-at-18.37.28_dff1a44a-1720055160.jpgसदस्यहरुमा कोकिला खड्का, भद्रबहादुर बोहरा, ईश्वरी खड्का, लाल बहादुर महत, भद्रबहादुर ओली, यामबहादुर घर्ती, कृष्ण बहादुर बुढाथोकी र सुन्तली बिष्ट रहनुभएको छ । समितिको बैठकले चार सदस्य मनोनयन गरेर १७ सदस्यीय समिति रहने महिला विकास निरीक्षक (सहायक पाँचौ) कमला मल्लले जानकारी दिनुभयो । 

कार्यक्रममा जेष्ठ नागरिकहरुका लागि बनेका ऐन कानून सम्बन्धी अन्तरक्रिया समेत गरिएको छ । नगरपालिकाका कानून अधिकृत ललित बुढाले जेष्ठ नागरिकहरुका लागि बनेका ऐन कानूनको बारेमा सहजिकरण गर्नुभएको थियो । 

मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको अध्यतामा भएको उद्घाटन कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कार्यरत अधिकृत छैटौ भावना शाह, महिला विकास निरीक्षक (सहायक पाँचौ) कमला मल्ल, जिल्ला जेष्ठ नागरिक समितिका गोबिन्द केसी, नगरपालिकाका विभिन्न वडाहरुबाट आएका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

WhatsApp-Image-2024-07-03-at-18.37.30_26555041-1720055175.jpg
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्