Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँके गाउँका भूकम्प पीडितका अस्थायी टहरा नै पहिरोको जोखिममा

बिहीबार, असार २०, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१४ को बाँकेडाँडा गाउँमा बनाईएका भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा रहेका छन् । 

निरन्तरको बर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको जोखिममा रहेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । 

गत वर्षको कार्तिक १७ गतेको भूकम्पको कारण घर क्षती भएपछि अस्थायी आवासका लागि बनाएका टहरा नै पहिरोको जोखिममा रहेका हुन् । टहराहरु नै पहिरोको जोखिममा रहेपछि मानविय तथा अन्य क्षतीको त्रास बढेको उहाँले बताउनुभयो ।

भूकम्पको कारण जमिन कमजोर रहेको र भिरालो जमिन रहेकोले वडाका अन्य बस्तीहरु समेत पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । यहाँका विभिन्न विभिन्न स्थानहरुमा भूकम्पले जमिनको सतह नै चिरा चिरा पारेको छ । 

सबै वडावासीहरुलाई सतर्क तथा सुरक्षित रहन आह्वान गरिएको उहाँले उल्लेख गर्नुभयो । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्