Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा तीन दिनमा २६ जना फरार प्रतिवादी पक्राउ

बिहीबार, असार २०, २०८१
tribeni2

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन दिनमा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । 

अदालतको फैसला कार्यान्वयनलाई कडाईका साथ लागु गरेको प्रहरीले पछिल्लो तीन दिनमा २६ जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार असार १८ गतेका दिन १२ जना, १९ गतेका दिन नौ जना र २० गतेका दिन थप पाँच जना गरेर २६ जनालाई पक्राउ गरिएको हो । 

अदालतबाट आदेश भएका विभिन्न मुद्धामा फरार प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहिको लागि रुकुम जिल्ला अदालतमा बुझाईएको छ । 

यस अघि तीन महिनाको अवधिमा २७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो सँगै गत वर्षको चैत १४ गते यता जिल्ला प्रहरी कार्यालयले ५३ फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्