नेकपा एसको अध्यक्षमा नेपाल र महासचिवमा भुषाल सर्वसम्मत

बिहीबार, असार २०, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । 

पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।

उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्