Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पपछि बनाएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्कायो, गाउँ नै जोखिममा

शुक्रबार, असार २१, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्काएको छ । 

बिहिबार रातीको बर्षासँगैको पहिराले विद्यालयको दुई कोठे सिकाइ केन्द्र भत्किनुका साथै लाखौ मूल्य बराबरका सामाग्रीमा क्षती पुगेको छ । विद्यालयमा प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधिन विद्यालय भवनको लागि जम्मा गरिएका सामाग्रीहरुमा क्षती पुगेको छ । 

प्रधानाध्यापक मल्लले ४० थान डेस्क र बेन्च, सिमेन्ट, चार बन्डल म्याट, दुई वटा शौचालयका सामाग्री, चार कोठे भवन निर्माणको ढलानका लागि तयार गरिएका सबै सामाग्री पहिरोले बगाएको बताउनुभयो । उहाँले रातमा पहिरो गएकोले कुनै पनि सामाग्री जोगाउन नपाएको बताउनुभयो । दिनमा बालबालिका पढाउने र विद्यालय छुट्टिपछि पानीबाट जोगाउन भवन निर्माणका सामाग्रीहरु अस्थायी सिकाइ केन्द्रमा राख्ने गरिएको थियो । 

गत वर्षको कार्तिक १७ गतेको भूकम्पले यस बिद्यालयको दुई वटा भवनमा क्षती बनाएपछि अस्थायी टहरामा राखेर पठनपाठन हुँदै आएको थियो । प्रधानाध्यापक मल्लका अनुसार शिशु कक्षा देखि कक्षा तीन सम्म सञ्चालित यस विद्यालयमा ६६ जना बालबालिाकाहरु अध्ययनरत छन् ।

पठन पाठन हुने अस्थायी सिकाइ केन्द्र नै पहिरोले बगाएपछि पठनपाठनको लागि समस्या हुने उहाँको भनाई छ । केहि समयलाई स्थानीयको घरको कोठा भाडामा लिएर कक्षा सुरु गर्ने र सहयोगी निकायसँग भवन निर्माणको लागि अनुरोध गर्ने प्रधानाध्यापक मल्ललेको भनाई छ । 

गाउँ माथि बाटो बनाउँदा थप जोखिम

लगातारको बर्षा  र पहिरोको कारण माझगाउँ नै जोखिममा रहेको छ । गाउँ भन्दा माथिल्लो क्षेत्रमा डोजर चलाएर खोलिएको बाटोको कारण गाउँका करिब ६० घर नै जोखिममा रहेका छन् । स्थानीयका अनुसार माझगाउँ – पोख्रे सडक गाउँमाथिबाट खनिएको छ । जसको कारण गाउँ नै पहिरोको जोखिममा रहेको छ । 

पहिरोको कारण गाउँमा बनाईएका भूकम्प पीडितकाअस्थायी टहराहरुमा समेत क्षती पुगेको बताईएको छ । क्षतीको विवरण संकलनका लागि नेपाल प्हरी, नगर प्रहरी लगायतेको टोली गाउँमा आईपुगेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्