Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १ का जेष्ठ नागरिकलाई सम्मानसहित छाता उपहार 

शुक्रबार, असार २१, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । 

वडा नम्वर १ को कार्यालयले शुक्रबार एक कार्यक्रमका बिच २०७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । 

वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दका अनुसार ६८ वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुलाई सम्मानसँगै छाता समेत प्रदान गरिएको छ । 

जेष्ठ नागरिकहरुको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको हो भने बर्षायामलाई मध्यनजगर गर्दै सहजताको लागि छाता उपलब्ध गराईएको हो । छाता जेष्ठ नागरिकहरुको लागि उपहार समेत भएको वडा अध्यक्ष चन्दले बताउनुभयो । 

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख केसीले जेष्ठ नागरिकको हरेक स्थानमा सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले जेष्ठ नानगरिकहरुको विगतको समाज प्रतिको योगदानको कदर गर्दै उहाँहरुको अनूभवबाट थप सामाजिक योगदानका लागि ज्ञान सीप ग्रहण गर्न सकिने बताउनुभयो । जेष्ठ नागरिकहरु समाजको मार्गदर्शक र अनुभवका खानी भएका उहाँको भनाई रहेको छ । 

वडा कार्यालयको लक्षित वर्ग अन्तर्गतको कार्यक्रमबाट जेष्ठ नागरिकहरुलाई कार्यालयमै बोलाएर सम्मान गर्दै छाता उपहार प्रदान गरेको हो । 

dd25b20f-efa9-4052-aeb4-efb1e4400720-1720170590.jpeg

af74de6a-b8a2-4253-906e-59f2963c05e7-1720170582.jpeg

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्