कर्णालीको बजेट सर्वसम्मत पारित

शुक्रबार, असार २१, २०८१

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।

शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्वत पारित भएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिनुभयो।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड बराबरको बजेट ल्याएको थियो ।

केन्द्रमा सत्ता समीकरण फेरिए पनि कर्णालीमा भने सबै दलको सहमतिमा बजेट पारित भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्