Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने पक्राउ

शुक्रबार, असार २१, २०८१
tribeni2

सल्यान । सल्यानमा भरुवा बन्दुक देखाई महिलालाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका -३ टोटके निवासी ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार असार १९ गते वलीले ४३ वर्षीया महिलालाई निजकै घरमा बन्दुक देखाई बलात्कार गरेका थिए ।

बलात्कार गरेको जाहेरी परेपछि वलीलाई घरबाटै शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरी निरीक्षक धमलाले जानकारी गउनुभयाे । उहाँका अनुसार वलीको घरमा खानतलासी गर्दा बारुद भरेर राखेको एक थान बन्दुकसमेत बरामद भएको छ ।

वलीलाई जबरजस्ती करणी तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्