Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटको गाउँबारी र मुसिकोटको रिठाबोटका दश घर पहिरोको उच्च जोखिममा

शनिबार, असार २२, २०८१
tribeni2

केहि दिन यताको लगातारको बर्षाको कारण रुकुम पश्चिमको दुई बस्तीका दश घर पहिरोको जोखिममा रहेका छन् । 

आठविसकोट नगरपालिका –१४ को गाउँबारी र मुसीकोट नगरपालिका –११ को रिठाबोटको बस्तीसँगै १० घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार अविरल वर्षाका कारण आठविसकोटका पाँच र मुसीकोटका पाँच घर नै उच्च जोखिममा रहेका छन् । 

मुसीकोटको रिठाबोटका कर्णबहादुर खत्री, वीरबहादुर खत्री, दलबहादुर खत्री, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा रहेका छन् । उनीहरु मध्य दुई घरपरिवारलाई स्थानीयको घरमा सारिएको छ । 

त्यसैगरी आठविसकोटको गाउँबारीका बालकृष्ण मल्ल, परु मल्ल, बिन्दु मल्ल, भैराम मल्ल र भद्रु मल्लको घर पहिरोको उच्च जोखिममा रहेका छन् । वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार गाउँ माथिको सडकबाट आएको पहिरोले गाउँ पनि जोखिममा रहेको छ । निरन्तरको झरी र पहिरोको कारण अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितहरुको दैनिकी थप प्रभावित बनेको छ । 

पहिरोकै कारण बिहिबार राती आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र भत्किएको थियो ।  विद्यालयमा प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधिन विद्यालय भवनको लागि जम्मा गरिएका लाखौ मूल्यका सामाग्रीहरुमा क्षती पुगेको छ । बर्षासँगैको पहिरोका कारण जिल्ला अन्य स्थानका बस्तीहरु समेत जोखिममा रहेको बताईन्छ । 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्