Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रहरीको उद्दार टोली तयारी अवस्थामा, सूचना दिन आग्रह

शनिबार, असार २२, २०८१
tribeni2

जिल्ला प्रहरी कार्यालयले विपद् लगायतका घटनाहरुको उद्धारको लागि उद्धार टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार मनसुन शुरु भएसँगै अविरल वर्षाको कारण हुनसक्ने बाढी, पहिरो लगायत विपद्को घटनाहरुलाई मध्यनजर गर्दै विपद् उद्धार टोली तयारी अवस्थामा राखिएको हो ।

उहाँले आवश्यक उद्दार सामाग्री सहितको विपद् उद्दार टोली तयारी रहेकोले विपद् लगातय कुनैपनी घटना भएमा प्रहरीलाई सूचना दिन अनुरोध गर्नुभयो । 
उद्धार टोलीमा प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा १५  जनाको टोली रहेको र आवश्यकताको आधारमा अन्य प्रहरी समेत परिचालन हुने डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयले विपद् तथा अन्य कुनै घटना भएमा प्रहरी कन्ट्रोल नम्वर १०० वा ९८५७८७००५५, प्रहरी संचार ९८५७८९०५५०, कार्यालय प्रमुखको ९८५७८३५५५५ र सूचना अधिकारीको ९८४८१८६२११ नम्वरमा सम्पर्क गर्न सकिने जनाएको छ । 

450086731_787387386934506_2242033442032307798_n-1720243854.jpg
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्