Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किसानमा घरमै पुगेर टिमुरका विरुवा वितरण

शनिबार, असार २२, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० का किसानहरुलाई घरमै पुगेर टिमुरका विरुवा वितरण गरिएको छ ।

स्थानीय ज्ञानज्योती युवा क्लबले यस क्षेत्रका किसानलाई पाँच हजार पाँच सय वटा टिमुरका विरुवा वितरण गरिएको क्लबका अध्यक्ष मनोज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमको आर्थिक बर्ष ०८०/८१ को बार्षिक कार्यक्रम अन्तरगत टिमुर खेती विस्तार तथा भन्सार कार्यक्रमबाट विरुवा वितरण गरिएको हो ।

डिभिजन वन कार्यालयका प्राविधिक प्रेम प्रकाश खड्का, क्लवका अध्यक्ष मनोज खड्का लगायतको टिमले किसानको घरमै पुगेर टिमुरका विरुवा वितरण गरिएको हो । क्लबले सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आईरहेको ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्