नेभिगेशन
समाज

राप्ती राजमार्गको दाङ–सल्यान खण्ड अवरुद्ध

सल्यान । अविरल वर्षाका कारण पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ।

राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान खण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पानी परिरहेको तथा माथिबाट लेदोसहित माटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएकाले राजमार्ग सुचारु गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनुभयो।  

उहाँका अनुसार डोजर प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुवहाक र मालवहाक सवारी साधनहरु रोकिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज