Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतद्धारा रुससंग परमाणु पनडुब्बी खरिद प्रकृया शुरु

२४ फागुन २०७५
tribeni2

एजेन्सि ।

भारतले पाकिस्तानसंगको बढ्दो तनावकाबीचमा रुससंग परमाणु पनडुब्बी खरिद प्रकृया शुरु गरेको छ ।

आफ्नो सैन्यशक्ति बढाउनका लागि भारतले रुससंग तीन बिलियन डलरको परमाणु क्षमता सहितको पनडुब्बि खरिदका लागि प्रकृया अगाडी बढाएको छ ।

सहमति अनुसार सन् २०२५ सम्ममा भारतले चक्र थ्री नामक पनडुब्बि पाउनेछ । दुई देशबीच खरिद सम्बन्धमा सम्झौंता भैसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हिन्द महासागरमा चीनको बढ्दो प्रभाव तथा सम्भावित पाकिस्तानको आक्रमणलाई ध्यान दिदैं भारतले रुससंग नयाँ सम्झौता गरेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

भारतले यसअघि रुससंग दुईवटा पन्डुब्बी करारमा प्रयोग गरिरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्