Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका ५० वडामा केन्द्रीय बिद्युत लाईन पुग्यो, सेवा भने अनियमित

यसै बर्ष भित्र जिल्लाका सबै वडाहरुमा बिद्युत लाईन बिस्तार गरिसक्ने
२०७८ कार्तिक १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका ५० ओटा वडामा बिद्युतको केन्द्रीय लाईन पुगेको छ ।

जिल्लाका ७३ ओटा वडा मध्य ५० वडामा यसै साता केन्द्रीय लाईनको बिद्युत पुगेको नेपाल बिद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।

पछिल्लो पटक जिल्लाको सानिभेरी गाउँपालिकाको वडा नं. ४ र त्रिवेणि गाउँपालिकाको वडा नं. ४ मा केन्द्रीय लाइनको बिद्युत पुगेको प्रमुख भट्टराईले बताउनुभयो । ती वडामा अब मिटर जडान गर्ने बित्तिकै बिद्युत बल्नेछ । प्रमुख भट्टराईले यहि आर्थिक बर्ष भित्र जिल्लाका सबै वडाहरुमा बिद्युत लाईन बिस्तार गरिसक्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

बिद्युतको लाईन बिस्तार गरिएतापनि बेला बेला बिद्युतको अनियमितताले भने सेवाग्राहिहरु मर्कामा पर्ने गरेका छन् । बर्षायाम हावाहुरीले रुख ढलेर बिद्युतका तारमा अवरोध गर्ने, पहिरोले बिद्युतका पोल ढाल्ने गर्दा जिल्लामा बिद्युत सेवाले सास्ती दिने गरेको सेवाग्राहीहरुको गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्