Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट ११ का दुई परिवार बिस्थापित, बस्तीमा पहिरोको त्रास कायमै

शनिबार, असार २२, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -११ का दुई घरपरिवार बिस्थापित भएका छन् ।

वर्षाको कारण पहिरोले बस्ती नै जोखिममा परेपछि मुसिकोट नगरपालिका –११ को रिठाबोट बस्तीका दुई परिवार घर छोडेर स्थानीयको घरमा आश्रय लिएका छन् । 

वडा सचिव धनकुमार शाहीका अनुसार स्थानीय बिरबहादुर खत्री र कर्णबहादुर खत्रीको परिवार बिस्थापित भएर छिमेकीको घरमा बसिरहेका छन् । अविरल बर्षाको कारण गाउँका अन्य घरहरु समेत पहिरोको जोखिममा रहेको उहाँले बताउनुभयो ।  

यी दुई घरसँगै स्थानीय दलबहादुर खज्ञी, तेजबहादुर खत्री र रामबहादुर खत्रीको घर पनि पहिरोको जोखिममा रहेको सचिव शाहीले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्