Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शारदामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न

आइतबार, असार २३, २०८१
tribeni2

सल्यान । सल्यानको शारदा नगरपालिकामा प्रथम किशोर किशोरी सम्मेलन सम्पन्न भएको छ । 

नगरपालिकाको वडा नम्वर १ श्रीनगरमा शुक्रबार प्रथम किशोरकिशोरी सम्मेलन सम्पन्न भएको हो । शारदा नगरपालिका स्तरीय युवा युवती क्लवले शारदा नगरपालिकाको समन्वय तथा युएसएआइडीको आर्थिक सहयोगमा सञ्चालित किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सम्मेलन सम्पन्न भएको हो । 

बालमैत्री स्थानीय सरकार सुनिश्चित भबिस्यको सुरुवात भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले नगरपालिकाले किशोरकिशोरी सम्बन्धि पञ्चवर्षीय योजना बनाएर अगाडी बढ्ने तयारी गरेको र किशोरकिशोरी लाई स्वस्थ्य शिक्षासंग जोडेर छलफल गर्ने जस्ता काम गरिरहेको बताउनुभयो ।

किशोर किशोरीलाई शिक्षा, प्रजनन स्वास्थ्य देखि बालविवाह न्यूनीकरण क्षेत्रमा जागरुक बनाउन समेत महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै नगरपालिकाले सम्मेलनलाई निरन्तरता दिने उहाँको भनाई छ । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले जिल्लामै पहिलो पटक फरक र उत्कृष्ट कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै सम्मेलनलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

उक्त सम्मेलनमा शारदा नगरपालिकाका १६ वटा बिद्यालयका  किशोर किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा  नाटक, नृत्य, गित, मन्तव्य पस्तुत गरिएको थियो । 

शारदा नगरपालिका युवती क्लबका अध्यक्ष अस्मिता बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, इलाका प्रहरी कार्यालय सितलपाटीका इन्चार्ज रतन शर्मा लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण कमल धिताल र योगमाया रेउलेले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्