Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

व्यवसायी मित्रद्वारा भुल्टिका विद्यार्थीलाई पोशाक प्रदान

आइतबार, असार २३, २०८१
tribeni2
  • बिरस थापा क्षेत्री

रुकुम पूर्वको एक विद्यालयका बालबालिकाहरुलाई विद्यालय पोशाक प्रदान गरिएको छ । 

युवा व्यवसायी मित्र बोहराले भुमे गाउँपालिका वडा नम्वर ८ मा रहेको आधारभुत विद्यालय भोल्टिका बालबालिकाहरुलाई विद्यालय पोशाक प्रदान गर्नुभएको छ । 

विद्यालयको कक्षा १ देखि ८ सम्म अध्ययनरत बिद्यार्थी मध्यबाट विद्यालयले छनौट गरेका ३० जना गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलंगामा सञ्चालित देवकोटा हार्डवयरका प्रोप्रोईटर बोहोराले विपन्न बालबालिकाहरुको शिक्षा क्षेत्रमा सहयोग पुग्ने मनसायले पोशाक प्रदान गरिएको बताउनुभयो । उहाँका अनुसार ३० जना बालबालिकाहरुलाई ४० हजार मूल्य बराबरको विद्यालय पोशाक प्रदान गरिएको हो । 

युुवा व्यवसायी बोहराको यस सहयोगले बालबालिकाहरुमा उत्साह र हौसला बढेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अनिल रोका मगरले बताउनुभयो । आज एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई उक्त पोशाक हस्तान्तरण गरिएको हो । 

2eb7dfd5-9c2c-4ec2-9db8-c8a7669a02f7-1720363524.jpeg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्