सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अध्ययन भ्रमण

सोमबार, असार २४, २०८१

रुकुम पुर्व  । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अध्ययन तथा अवलोकन भ्रमण गरिएको छ ।रुकुम पुर्वका ३ वटा पालिका र रोल्पा जिल्लाको एक वटा पालिकामा रहेका १८ विद्यालयले भ्रमण तथा अवलोकन गरेका हुन् । 

रुकुम पूर्वको सिस्ने, भूमे र पुथा उत्तरगंगा र रोल्पाको थवांग गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालयले भ्रमण तथा अवलोकन गरेका हुन् ।

भ्रमणमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका पदाधिकारी र बाल क्लवका प्रतिनिधिहरु सहभागी भएको हुरेड-कार्स नेपालका बाेर्ड अध्यक्ष दामाेदर गाैतमले बताउनु भएकाे छ । 

लुम्बिनी प्रदेशका साथै देशकै उत्कृष्ट र नमूना विद्यालयका रुपमा चिनिएका रुपन्देहि जिल्लाका शान्ति नमुना माध्यमिक विद्यालय मणिग्राम, कालिका मानवज्ञान माध्यमिक बिद्यालय बुटवल र रुकुम पूर्वको रुक्मिणी माध्यमिक बिद्यालय रुकुमकोट पुगेर भ्रमण तथा अवलोकन गरिएको हो  ।

यस क्रममा नेतृत्व विकास, विद्यालयको सुशासन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नियमित बैठक, विद्यालय शिक्षाको नतिजा र गुणस्तर वृद्धिमा गरेका प्रायास तथा अनुभव, विद्यालय सुधार योजना, समय व्यवस्थापन, शैक्षिक सामाग्रीको ब्यवस्थापन तथा तयारी, शैक्षिक योजना, समुदाय र विद्यालय प्रशासन बिचको सम्बन्धका बारेमा छलफल गरिएको छ । 

यसका साथै गुणस्तरिय विद्यालय शिक्षा, विद्यालय शिक्षामा पहुँच र जवाफदेहिता सुनिश्चित, विद्यालय शिक्षा सुधारमा सामुदायिक तदारुकता, बिद्यालय भर्ना र भर्ना भएका  विद्यार्थिहरुको पढाईको निरन्तरता, समस्या तथा चुनौतिहरु साथै प्रादेशिक स्तरमा शैक्षिक नतिजा सुधार गर्न भएका पहल र समुदायको सहभागिता, बाल क्लवको अवस्था, विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठकमा बालक्लवको सह‌भागिता, बाल क्लवले गरेका उदाहरणिय कार्यहरु, विद्यालय प्रशासन, संघ, प्रदेश र स्थानीय सरकारसंगको समन्वय, सहकार्य र सम्बन्ध लगायतका बिषयमा छलफल तथा अनुभव आदान प्रदन गरिएको छ । 

अध्ययन तथा अवलोकनको क्रममा शान्ति नमूना माविका प्रधानाध्यापक कुलवहादुर लामिछाने, कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा र रुक्मिणी माद्यमिक विद्यालयका प्रधानाध्यापक चन्दबहादुर मल्लले आआफ्नो विद्यालयको नतिजा सुधारका लागि गरेका प्रयासहरु जानकारी गराउनुभएको थियो । अध्ययन भ्रमणको सहजिकरण केशव बिसीले गर्नुभएको थियो ।

अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी), सिभिल सोसाइटी एण्ड मिडि‌या एक्टिभिटी (सिएमएस), सिकाइ‌मा समुदायको सह‌भागिता च्यालेन्ज फण्डको सहयोगमा द एशिया फाउण्डेश फाउन्डेशन (टिएपी) र मानव अधिकार वातावरण र विकास अभियान तथा अनु‌सन्धान केन्द्र (हुरेडकार्स) नेपालको विकास साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २३:०५
प्रतिक्रिया दिनुहोस्