Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानको एक गुफा भित्र चार नाल बन्दुक

२०७८ कार्तिक १२
tribeni2

सल्यान / जिल्लाको शारदा नगरपालिका १२ स्थित बागेश्वरी सामुदायिक बनबाट चार नाल बन्दुक बरामद गरिएको छ ।

स्थानीय ट्वाङ ट्वाङ्गे गुफा भित्र बेवारिसे अबस्थामा रहेका ४ नाल भरुवा बन्दुक प्रहरीले बराबद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

शुक्रबार बिहान स्थानीयले टेलिफोन मार्फत गुफामा बन्दुक रहेको जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय सितलपाटी सल्यानबाट ४ जनाको प्रहरी टोली उक्त स्थान खटिएर गएको थियो ।

उक्त प्रहरी टोलीले गुफाबाट ४ नाल भरुवा बन्दुक बरामदी मुचुल्का बनाएर हतियार नियन्त्रणमा लिएको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्