Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

मंगलबार, असार २५, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ४८ घण्टे आधारभुत मेलमिलाप तालिम सम्पन्न भएको छ ।नगरपालिकाका प्रत्येक वडाका २ जनाका दरले २८ जना मेलमिलाप कर्तालाई मेलमिलाप तालिम दिइएको हो ।

न्याय सम्पादन प्रक्रियालाई सरल, सहज र व्यवस्थित बनाइ न्यायको पँहुच विस्तार गर्ने उद्देश्यका साथ मेलमिलाप कर्तालाई  उक्त आधारभुत तालिम दिइएको कानुन इकाइ प्रशासक देवेन्द्र रोकायले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तालिम असार  १७ गतेदेखि २४ गतेसम्म नगर कार्यपालिकाको हलमा चलेको थियो ।

तालिमको सहजीकरण मानव अधिकार तथा ग्रामिण विकास केन्द्र,सुर्खेतका उपाध्यक्ष  विशाल आचार्यले गर्नुभएको थियो। तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयहरुमा प्रशिक्षण दिइएको प्रशिक्षक आचार्यले उल्लेख गर्नुभयो । 

चौरजहारी नगरपालिका नगर उपप्रमुख तथा न्यायिक समिती संयोजक ईश्वरी कुमारी शर्मा बि.एम.को अध्यक्षतामा भएको मेलमिलाप तालिममा  नगर प्रमुख पुष्प वादीको प्रमुख आथित्यता रहेको थियो भने ।  नि.प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, मानव अधिकार तथा ग्रामिण विकास केन्द्र,सुर्खेतका उपाध्यक्ष तथा तालिम प्रशिक्षक विशाल आचार्यको आथित्यता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्